कलालाई कल्याणकारी कार्यसँग जोड्दै...............
लण्डन, २१ सेप्टेम्बर २०१३– शनिबार। आम बेलायती नेपालीहरुको दैनिकी, पेशागत जीवनशैली अथवा राजनैतिक चहलपहलभन्दा पर्तिर बिशुद्ध ‘सामाजिक उद्यम एवं साँस्कृतिक कला–केन्द्र’को अवधारणा लिएको ‘क्पष्ििक बलम ऋबचभ तथा प्एब्ऋु (कन्दरा परर्फमिङ्ग आर्टस् सेण्टर)को दक्षिण–पुर्वीय लण्डनस्थित चार्लटनको ग्राण्ड सेलोन, चार्लटन हाउसमा महामहिम राजदूत डा. सुरेशचन्द्र चालिसेज्युको मुख्य आतिथ्यमा भब्य समारोहमाझ सार्वजनिकीकरण गरियो।
उक्त सार्वजनिकीकरण समारोहमा लण्डन स्थित बिभिन्न बरोका करिब १२ जना काउन्सिलरहरुको बिशेष उपश्थिति रहनुकासाथै स्थानीय चार्लटनबासी नेपाली समुदाय लगायतको पनि बाक्लो उपश्थिति रहेको थियो । समारोहलाई सम्बोधन गर्दै बिशेष अतिथि काउन्सिलर ज्यानेट गिलम्यानले भनिन्–यो अत्यन्तै सुन्दर पहल हो । ‘समाजका लागि, समाजबाटै’ थालनी गरिएको सामुदायिक पहलका लागि सक्दो सहयोग गर्न आफु सधैं तत्पर रहने छु। चार्लटन ईलाकामा बसोबास गर्दै आएका नेपाली समुदाय एवं स्थानीयबासीहरुको आपसी सामाजिक सद्भावनाप्रति पनि आफु निक्कै खु्शी रहेको ब्यक्त गर्न चुकाईनन् ।
‘दि बिग रेड बस’ गजबको नाम । Skills and Care तथा KPAC को क्रियटिभ थलो हो । एकिकृत समाजको सुन्दर संरचना । चालर्टन नेपाली समुदायको आपसी घुलमिल साथै स्थानिय रैथाने बेलायती नागरिकहरुसँग सहकार्य गर्दै नेपाली शिप तथा कलासंस्कृतिलाई पनि बिस्तार गर्दै लैजाने । समुदायका बृद्धहरुका लागि अत्यन्तै आवश्यक सेवा दोभाषे सेवाप्रदानको योजना। ‘महिलाहरुका लागि महिला’ सहयोग–सञ्जाल। बालबालिकाहरुको लागि गृहकार्य सहयोग । यस्ता धेरै सामुदायिक हितका लागि सामाजिक सेवा आवद्ध उद्यमी अवधारणा लिएको बेलायती नेपालीहरुले स्थापना गरेको पहिलो सामाजिक संस्था हो– Skills and Care तथा KPAC।
उदाहरणिय यो थालनीसँगै सफल गायक बिवेक श्रेष्ठ यतिबेला जिम्मेवार नागरिक पनि बनेका छन् । आफ्नै गितजस्तै–‘वाास्तविक नेपाल छ भने कतै, नेपालाी मनभित्र..........।
मनभरि देश बोकेर बर्षौदेखि भाग्दै गएको जीवन । औषत दिनचर्याहरुभित्र कतै हराएको एउटा गायक । आफैंसँग भने कहिले भाग्न सकेन । के सोचेर बेलायतको यो भूगोल टेके होलान् । जहाँ गएपनि जीन्दगी भोग्नु हो । जहाँ गए पनि सपना साँच्नु हो । भुईंकुहिरोहरुसँग लुकामारी खेल्दै बितेको एउटा गायकको सिर्जनशिल सपना । बैंश र सपनाहरु थाँति राखेर दुइ दशकभन्दा लामो समय नेपाली गित–संगितमा खर्चेका गायक बिवेक श्रेष्ठ ।
नेपालको कला–संगितलाई बेलायती नेपालीका भावी सन्ततिहरुलाई सिकाउँदै अनि आफुभित्र साँचेका एउटा सपना, बेलायतस्थित बिश्वकै नामुद ‘अर्लबट हलमा’ नेपालका अम्बर गुरुङ्गजस्ता सांगितिक धरोहरलाई उभ्यान पाए भन्ने बिवेकको धोको । कालान्तरमा बेलायती नेपालीका भावी सन्ततिहरुले उनको सपनालाई कसो साकार नबनाउन त? ‘दि बिग रेड बस‘ को आफ्नै पहिचान भएजस्तै हाम्रो नेपाली भाषा, कला–संस्कृतिको मार्गदर्शन एवं पहिचान हाम्रा सन्ततिहरुलाई गराउने हामी र हाम्रो समाजको पनि त जिम्मेवारी हो ।
किनभने, बसाई सर्दा मानिसले केवल आफुमात्रै लिएर जाँदैन । आफुसँगै देश बोकेर लैजान्छ । भाषा, कला एवं संस्कृति बोकेर लौजान्छ । नेपाली भाषा राम्रोसँग बोल्न नजान्ने विद्यार्थीहरु अहिले गायक श्रेष्ठ तथा टिमसँगको करिब दुइ महिनाको छोटो प्रशिक्षणभित्रै मज्जाले नेपाली लोक धुन बजाउन, गाउन पारा ल्याईसकेकाछन् ।
त्यहि मेसोमा, समयको हिसाबले हाराहारी उस्तै करिब दुइदशक बेलायतको भूमिमा आफ्नो दक्षता तिर्खादै यहाँको मौषममा मात्रै होईन बेलायनी जीवन पद्धतिसँगै यहाँको ब्यावसायिक संभाब्यतलाई नजिकबाट नियालेका अनुभवि फत्त थापा। गायक बिवेक श्रेष्ठको कलालाई कलाकारितासँग मात्रै नजोडेर स्थानीय बेलायनी समाज एवं सरकारी निकायहरुसँग हातेमालो गर्दै कल्याणकारी एवं उद्यमशिल सुन्दर एकिकृत नेपाली समाजको सरंचनाको साँगोपाङ्गो मिलाउन लागिपरेका छन् । चार्लटनबाट सुरु भएको उनीहरुको यो सामाजिक पहल बेलायतमा बसोबास गर्ने अन्य नेपाली समुदायहरुमाझ पनि बिस्तार गर्दै लैजाने उनीहरुको भावी योजना रहेको छ।
जीवन भोगाईहरु बेगल भएपनि बिवेक र फत्तको हिमचिमसँगै उब्जेको गजबको समान सोच । गजबको अवधारणा । हाल बेलायती नेपालीहरुका लागि आवश्यकता पनि हो । भाषिक समस्याकै कारण कति नेपालीहरु यो बेलायती भूमिमा समस्या भोगिरहेका छन् । धेरै पीडितहरुका लागि ‘दि बिग रेड बस’सुगम सम्पर्क स्थल हुनेछ । यसका लागि स्वंयसेवी सेवा प्रदान गरिने कुरा गायक श्रेष्ठ कुराकानीको सिलसिलामा बताए । बिशेषतः हाम्रा ज्येष्ठ नागरिकहरुले बेलायती भूमिमा भाषिक कठिनाईकै कारण भोग्नु परेका अनेकन् समस्याहरुप्रति बिवेक अत्यन्तै दुःख ब्यक्त गर्छन् ।
सुन्दर समाजको संरचना वास्तवमा असल बिचार एवं नबिन सोचबाट नै संभव हुन्छ । बिवेक श्रेष्ठ तथा फत्त थापा जमर्कोलाई सबैको होस्टेमा हैशे मिलोस् । अनेक शुभकामना!
लारा ।