यहि ९ नोवेम्बेर २०१३ का दिन चर्ल्टन पार्क अकाडेमिमा हिन्दु विध्यपिठ नेपाल तथा शान्ति शेवा आश्रमका प्रमुख, विश्वशान्ति दुत आध्यात्मिक तथा भौतिक ज्ञाता, ओक्सफोर्ड, क्याम्ब्रिज तथा हार्वर्ड विश्वविध्यालयका शैक्षिक सल्लाकार समेत रहनुभएका नेपाली दार्शनिक श्री चिन्तामणि योगी ज्यू द्वारा आजको युग अनुरुपको मानव मूल्यमा आधारित शिक्षाको वोर्क्शोप भव्यरुपले सम्पन्न भयेकोछा | चार्ल्टन नेपाली समाज र लर्न नेपाली प्रोग्राम संचालक समितिको अग्रतामा भएको यस कार्यक्रममा विभिन्न संघ-संस्थाका पधाधिकारीहरु तथा लर्न नेपाली प्रोग्रामका बालबालिका अनि उनका अभिभावकहरु को बाक्लो सहभागिता थियो | डा. चिन्तामणि योगी ज्युलाई साउथ इस्ट लण्डनमा ल्याउन र यो कार्यक्रम सम्पन्न गर्नमा समाजका सलाकार तथा लर्न नेपाली प्रोग्रामका कोर्डिनेटर श्री फत्त थापा, स्वयम् शेविका श्रीमती सोनिय थापा, श्रीमती अनिता केसी, श्रीमती सित अर्याल, श्रीमती रेणु पाण्डे, श्रीमती बन्दना कटुवाल, श्रीमती रश्मि भण्डारी, श्रीमती लक्ष्मी पाण्डे, श्रीमती वाशु श्रेष्ठको विशेष योगदान रहेकोथियो |
नेपाल आमाको स्तुती राष्ट्रियगान बाट सुरु भएको कार्यक्रम दिप प्रज्वलन, समाजका अध्यक्ष श्री सुरज केसी द्वारा स्वगत मन्तब्य हुदै अगाडी बढेकोथियो | नेपाली भाषा पढ्ने बालबालिकालाई नेपाल, सगरमाथा, लुम्बिनी, र चार्ल्टन गरि चार समूहमा विभाजन गरि प्रतिश्पध्मक रुपमा सिकाउदै प्रथम समुहलाई पुरस्कृत गर्दै कार्यक्रम गर्दा ६-७ घण्टा लामो समय शिक्षा लिरहेका बालबालिकाहरु उत्तिकै उत्सुक देखिन्थे |
कार्यक्रमा आयोजक श्री फत्त थापा ज्यू द्वारा संचालित थियो | विभिन्न चरणमा बाढेर संचालन भएको यस कार्यक्रममा चरणअनुसार छुट्टाछुट्टै वातावरणको श्रीजना हुन्थियो | कतिबेला लग्थियो हामि भगवानको भक्ति गर्दैथियौ त कतिबेला व्यायाम स्थलमा ब्यायाम गर्दै छौ | कतिवेला लाग्थियो कुनै ऋषि आश्रममा आधात्म ज्ञान श्रवण गरिरहेका छौ त कतिवेला वैज्ञानिक प्रयोगशालामा छौ | कतिवेला लाग्थियो हामि अफ्रिकाको खानलाई रोइरहेका वच्चाहरुलाई खान खुवाउदै छौ त कहिले बृदा आश्रमका बृदालाई तेस्तै कतिवेला राष्ट्र शेवामा एक जुट हुदैछौ त कतिवेला नेपाल आमाको रोदनलाई हाँसोमा बदल्न तत्पर छौ | वास्तवमा छोटो समयमा यति धेरै ज्ञान पाउन पाएकोमा उपस्थित सबैजना अत्यन्तै हर्षित देखिन्थे | को बच्चा, को बयस्क, को वृदा, कार्यक्रम अवधिभर अब गुरुजिबाट के सुन्न पाईन्छ भन्ने मात्र सबैको चासो थियो | ४ वर्ष देखि ८० वर्ष सम्मको सहभागिता रहेको यति लामो कार्यक्रममा यस्तो धैर्य धरणा देख्दा अचम्म लग्थेओ| स्वाभाविक रुपमै यो एउटा अविस्मरिनिय क्षण थियो |
कार्यक्रममा खानाको पनि व्यवस्था भएकोले कसैलाई भोक-तिर्खाको पनि समस्या थिएन | खाना र जुसपानिको व्यवस्था पनि चार्ल्टनकै समजसेविहरुबाट उपलब्ध थियो | ओःम नामः शिवाय भन्दै गरिएको भजन मृदंगको ताल र मजुराको आवाज सुन्दा ८० वर्षीय वुबा पाराश्वर अर्याल जुरुक्क उठ्दै नाच्नु भएको थियो भने साना नानीहरु पनि रमाउदै नाचिरहेका थिए | यस्तो उपलब्धिमुलक कार्यक्रममा जीवनमै पहिलोपटक सरिक हुनपाएकोमा अति खुशिलागेको बताउनेहरुको भिड उत्तिकै थियो | हाम्रो समाजमा यस्तो प्रतिष्ठित व्यक्तिलाई निम्ताई यो कार्यक्रम गर्न पाएकोमा खुसि ब्यक्त गर्दै संयोजक श्री फत्त थापा ज्यूले सबैको तर्फबाट डा. चिन्तामणि योगी ज्यूलाई धन्यबाद ब्यापन गर्नु भयो | अन्त्यमा रमाइलो संदेसमुलक खेल खेल्दै टुंगिएको कार्यक्रमलाई स्वयम् सेविका श्रीमती सीता अर्यालले समापन गर्नुभएको थियो | यो कार्यक्रमले विदेशी जीवनलाई सफल र सम्रिद्दशाली बनौनमा टेवा पुराउने छ भन्नेमा कुनै दुइमत हुनसक्दैन|