- रेशम अर्याल, लण्डन
येही ४ मे २०१४ आइतबार साउथइस्ट लण्डन चार्ल्टन नेपाली समाज द्वारा संचालित नेपाली कक्षा संचालन भएको १ वर्ष पुगेको उपलक्ष्यमा एक कार्यक्रम गरि भब्यरूपमा हर्ष-उल्लाशकासाथ मनाइयो|
कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गान, बिध्याकी देवी सरस्वती माताको स्तुति अनि तस्बिरमा फुलमाला अर्पण गर्दै सुरुगरिएको थियो भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै यस लर्न नेपाली प्रोग्रामले १ वसन्त पारगर्दै गर्दा सम्म हामीहरुले बच्चाहरुलाई के कति कुरा सिकायौ, के कति वर्कशप भए र बच्चाहरुको प्रगारती विवरण को वृतचित्र एस लर्न नेपाली प्रोग्रामका संयोजक तथा चार्ल्टन नेपाली समाजका सल्लाहकार श्री फत्त थापा ज्युले गर्नुभएको थियो|
कार्यक्रममा नेपाली कक्षा पढ्दै गरिरहेकी सुश्री दीपा ओझा को नेपाली भाषा र संस्कृतिको हामीलाई नेपाली भएकाले जरुरि भएको बताएकी थिइन भने अर्का नेपाली कक्षा पढ्दै गरेका श्री सुभम अर्यालले श्री पशुपतिनाथ को वारेमा राम्रो जानकारी गरयेका थिए| त्यस्तै नेपाली कक्षा पढ्दै गरेका विजय पाण्डे ले नेपाली कक्षा पढ्न आउदा र सिक्न पाउदाको अनुभव बताइरहदा सवै अविभावकका आँखा हर्षले रसाइरहेका थिए| त्यस्तै अर्का वावु श्री अभिनव पाण्डे ले तिहारको वारेमा प्रथम दिन देखि अन्तिमदिन सम्म को छुट्टा छुट्टै दिनको महत्व र पुजाको वारेमा छर्लंग हुनेगरी बताएका थिए|
कार्यक्रममा वर्षभरीमा सधै गृहकार्य गरेर ल्याउने सुश्री सरिना गैरे, कक्षामा असल व्यवाहार गर्ने श्री आर्यन अधिकारी अनि पढाइ-लेखाइमा राम्रो प्रगति गर्ने सुश्री रीतिका न्यौपानेलाइ पुरस्कार प्रदान गरिएको थियो|
त्यस्तै हामि विदेशमा भएर आफ्ना नानीहरुलाई किन नेपाली सिकाउन आवश्यक छ? यस लर्न नेपाली प्रोग्राम को महत्व कति छ? यसले समाजमा कस्तो प्रभाव पारेकोछ? यस वारेमा प्रकाश पार्दै आफ्ना कविता संग्रह प्रकाशित गरिसक्नु भएका कवि र यस प्रोग्रामलाइ आफ्नो अमुल्य समय दिएर बच्चाहरुलाई पढाउनु हुने शिक्षक श्री गोकुल भण्डारी ज्यूले कविता समेत वाचन गर्नु भएकोथियो|
यस लर्न नेपाली प्रोग्राममा स्वयं सेविकाका रुपमा पढाउने र कामगर्ने महिला दिदी-वहिनी हरुले नेपाली पोशाक लगाएर वाच्छाहरुको वर-पर घुमिरहेको देख्दा उहाहरुले बच्छाहरु लाई कति ममतामयी वातावारंमा पढाइरहनु भएकोछ भन्ने सहजै अनुमान गर्न सकिन्थियो भने अर्का शिक्षक श्री उदय लम्साल ज्यू बच्चाहरुले गरेकोप अनुपम प्रस्तुति देखेर निकै आनन्दित देखिनु हुन्थियो |
कार्यक्रममा वार्षिक उत्सवको केक काटिएको थियो, जुन केक आफैले लर्न नेपाली प्रोग्रामको परिचय दिरहेकोथियो| हिमाल, पहाड, तराई, राष्ट्रिय झण्डा, स्कूले विद्यार्थी, क ख ग अल्फावेट, नेपालका राष्ट्रिय जनावार गाई, चरा डाँफे र यस्तै चर्लटन नेपाली समाजको लोगो अनि पशुपतिनाथ को मन्दिर को ढांचा सहितको यो मनमोहक केक देख्दा मात्रपनि हाम्रो नेपाल प्रतिको माया मनमै उम्लिएर आउथियो| यसैगरि बच्चाहरु सबैलाई गुडिब्याग वितरण गरिएको थियो|
यस कार्यक्रमको संचालन चर्ल्टन नेपाली समाजका सचिव श्री रेशम अर्यालले गर्नुभएको थियो भने यस सभाको सभापतित्व समाजका अध्यक्ष श्री सुरज केसीले गर्नुभएको थियो| कार्यक्रममा चर्ल्टन तथा यसका वर-पर वस्ने नेपालीहरुको ठुलो संख्यामा उपस्थिति थियो| कार्यक्रममा सबैलाई रिफ़्रेश्मेण्टको व्यवस्था गरिएको थियो|
कार्यक्रमको अन्त्यमा चर्ल्टन नेपाली समाजका अध्यक्ष श्री सुरज केसी ज्यूले यस नेपाली कक्षा संचालनमा कामगर्ने लर्न नेपाली प्रोग्राम टिम तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोग र समर्थन पाउने विश्वास ब्यक्तगर्दै सभा विसर्जन गर्नु भएको थियो|