श्री रेशम अर्याल- २५ अगस्त २०१४ सोमबारका दीन चार्लटन नेपाली समाज युकेले यस क्षेत्रमा बसोवास गर्ने चेलीहरुलाइ नेपाली लोकजगतकी जगमगाउदी तारा, सुमधुर स्वरकी धनी शुश्री जमुना सनम का साथ दर ख्वाउने कार्यक्रम सम्पन्न गरेको छ
कार्यक्रमको सन्चालन चार्लटनकै प्रिय चेली श्रीमती मन्जु भन्डारीज्युले गर्नु भएको थियो । कार्यक्रमको सुरुआत राष्ट्रिय गान बाट गरिएको थियो भने स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारी समाजकी सल्लाहकार श्रीमती सीता अर्यालले गराउनु भएको थियो ।
सत्य युगमा हिमालय पर्बतकी छोरी पार्बतीले उपवास बसी महादेव पती पाउ भनी अाराध्यदेव शिवको पुजा आराधना गरेकी थिइन ।सोही समयमा तथास्तु भनी वरदान दिएको र शिव पार्बतीको बिवाह हुन गएको प्रमाण हाम्रा ग्रन्थहरुमा छ ।त्यसै बेलादेखी यस दीनलाइ महीलाहरुको महत्वपुर्ण पर्बको रुपमा मनाउदै अाएको कुरा हाम्रा पुज्यनीय गुरु श्री नीलहरी धिमीरे ज्युले श्रवण गराइनु भएको थियो । अत्यन्तै छोटो समयमा चार्लटन समाजले धेरैकुरा समाजलाइ दिइसकेको स्मरण गराउदै समाजको उत्तरोत्तर प्रगतीको कामना गर्नु भएको थियो ।
त्यस्तै नेपाली लोकजगतकी ढुकढुकी शुश्री जमुना सनमलाइ चार्लटन नेपाली समाजका अध्यक्ष श्री सुरज केशीज्युले खादा ओढाएर , हाम्रो अातीथ्यलाइ स्विकारेर आइदिनु भएकोमा धेरै धन्यवाद तथा समाजको चिनो उपहार प्रदान गर्नु भएको थियो ।
कार्यक्रम अबधिभर जमुना सनम ज्युले सकेसम्म मनोरन्जन गराउनु भएको थियो ।कार्यक्रम मा नया गीतहरुत स्वभाबिक रुपमै बजेका थिए भने ७० बसन्त पारगरी सक्नु भएका अामाहरु समेत खोली झर्यो गाइ, किन झरेको पानी खानलाइ भन्दै सनम संगै दोहोरी गाएको सुन्दा त्यहाको वाताबरण कती रमणीय थियो भन्ने सजीलै अनुमान गर्न सकिन्थ्यो ।
अत्यन्तै खराब मौसमको कारणले कार्यक्रममा सहभागी हुन नपाउने तर के भइरहेकोहोला भनेर थाहापाउन खोज्नेको लागी समाजका सचिव श्री रेशम अर्यालले सामाजीक सन्जाल मार्फत समय समयमा अपडेट गरीरहनु भएको थियो ।
कार्यक्रममा नेपालबाट पाल्नु भएका एकजना बुबा बिदेशमा आएर पनि यस्तो वाताबरण देख्न पाएकोमा अचानक स्टेजमा गइ तपाइहरु नेपाल बिर्सेर यहा बसेको नभइ सानो नेपाल निर्माण गरी बसेको भन्दै आफ्नो खुसी प्रकट गर्नुभयो ।
दिउसो २ बजे देखी दर खाने र नाच्ने कार्यक्रम रातको साढे ९ बजेसम्म चलेको थियो ।