Please fill it out and return it to us.
CLICK HERE TO DOWNLOAD
Charlton Nepali Samaj UK (CNSUK) is a non-profit making community organisation, based in Charlton London. CNSUK is committed to breaking down barriers, promoting participation and community cohesion as well as facilitating a better understanding of Nepalese culture within our local community.
Click on the below link to download the Quiz Contest Registration Form 2016.
Please fill it out and return it to us. CLICK HERE TO DOWNLOAD
0 Comments
१-समितिले २०१२ मा बिभिन्न बिषयमा ७ ,२०१३ मा १५ र २०१४ मा अाजको मिती सम्म १३ वटा वटा बैठक बसि समाजको हितमा बिभिन्न निर्णय गरेको छ ।
२- समिततिले यसक्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सहयोगमा ३ वटा बार्बिक्यु तथा भेटघाट कार्यक्रम र महिला दीदीबैनीहरुको लागी ३ वटा तीज दर पार्टी भब्यताका साथ सम्पन्न गरेको छ । ३- समितीले समाजका सल्लाहकार श्री फत्त थापा ज्युको संयोजकत्वमा २७ अप्रिल २०१३ बाट नेपाली कक्षा सन्चालनमा ल्याएको छ र निरन्तर ३५ जना बिद्यार्थि अध्ययन गरिरहेका छन । ४-समितिले नेपाली कक्षा सन्चालन संयोजक श्री फत्त थापाज्युको सक्रियतामा डाक्टर श्री चिन्तामणी योगी ज्यु संग ९ नोभेम्बर २०१३ मा मानबमुल्यमा अाधारीत वर्कसप सम्पन्न गरेको छ । ५-अगस्त २०१३ मा नेपालबाट पाल्नु भएका भाषाशिक्षा का ज्ञाता तथा लेखक डाक्टर श्री पारसमणी भन्डारी ज्युलाइ अभिन्दन कार्यक्रम ,अभिभाबक अनि बिद्यार्थि बिच नेपाली भाषाशिक्षाको महत्वको बारेमा अन्तरक्रिया गरेको थियो भने श्री पारसमणी भन्डारी ज्युले बच्चाहरुलाइ निशुल्क पुस्तक बितरण गर्दै आगामीदिनमा यस नेपाली कक्षालाइ नेपालमा बसेर सक्दो सहयोग गर्ने बचन दिनुभएको थियो । ६-नेपाली कक्षा सन्चालन गर्दा आबश्यक कागजात श्रीमती सोनीया थापाज्युका प्रयोग गरिएको थियो भने पछि त्यहा अध्यापन गराउने शिक्षक शिक्षीका तथा स्वयंसेबकलाइ सेफगार्डिं चिल्ड्रेन , फस्ट एड र हेल्थ एन्ड सेफ्टि सम्बन्धि तालीम दिलाएको छ । ७-समितिले नेपाली कक्षा सन्चालनमा निरन्तर बिना शुल्क आफ्नो अमुल्य समय दिएर कामगर्नुहुने शिक्षीका , शिक्षक तथा स्वयंसेवकलाइ समय समयमा सम्मान प्रदान गरेको छ भने बिद्यार्थिलाइ पुरस्कार तथा रिफ्रेसमेन्टको ब्यबस्था गरेको छ । ८-समितीले ४ मइ २०१४ का दिन नेपाली कक्षा सन्चालन को बार्षिक उत्सब मनाएको छ । ९-रोयल बरो अफ ग्रिनविचबाट समाजका सचिब श्री रेशम अर्याल ज्युलाइ सिभिक अवार्डले सम्मान गरेको छ।यसबाट चार्लटन नेपाली समाज ग्रिनविचमा स्थापीत भइसकेको पुस्टि गर्दछ । १०-ग्रिनविच बरोमा हुने कार्यक्रमको सिलसिलामा भेटहुदा काउन्सिलमा कार्यरत मेयर र अरु पदाधिकारी संग नेपाली कक्षा सन्चालनमा सहयोग गर्न अाग्रह गरिएको छ। ११-समितीले कुनैपनि कार्यक्रम गर्दा सकेसम्म चार्लटन तथा यसको वरिपरि बस्ने सम्पुर्णलाइ सहभागी गराउने ,समाजमा सबै अटाउन सक्ने र रमाउन सक्ने बाताबरण बनाउनको निम्ती अनबरत कार्य गरिनै रहेको छ । १२-समितिले समाजलाइ औपचारीक तथा अनऔपचारिक रुपमा सहयोग गरिदनुहुने समाजसेबिलाइ सदैब आदर गरिरहेको छ । समाप्त श्री रेशम अर्याल- २५ अगस्त २०१४ सोमबारका दीन चार्लटन नेपाली समाज युकेले यस क्षेत्रमा बसोवास गर्ने चेलीहरुलाइ नेपाली लोकजगतकी जगमगाउदी तारा, सुमधुर स्वरकी धनी शुश्री जमुना सनम का साथ दर ख्वाउने कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रमको सन्चालन चार्लटनकै प्रिय चेली श्रीमती मन्जु भन्डारीज्युले गर्नु भएको थियो । कार्यक्रमको सुरुआत राष्ट्रिय गान बाट गरिएको थियो भने स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारी समाजकी सल्लाहकार श्रीमती सीता अर्यालले गराउनु भएको थियो । सत्य युगमा हिमालय पर्बतकी छोरी पार्बतीले उपवास बसी महादेव पती पाउ भनी अाराध्यदेव शिवको पुजा आराधना गरेकी थिइन ।सोही समयमा तथास्तु भनी वरदान दिएको र शिव पार्बतीको बिवाह हुन गएको प्रमाण हाम्रा ग्रन्थहरुमा छ ।त्यसै बेलादेखी यस दीनलाइ महीलाहरुको महत्वपुर्ण पर्बको रुपमा मनाउदै अाएको कुरा हाम्रा पुज्यनीय गुरु श्री नीलहरी धिमीरे ज्युले श्रवण गराइनु भएको थियो । अत्यन्तै छोटो समयमा चार्लटन समाजले धेरैकुरा समाजलाइ दिइसकेको स्मरण गराउदै समाजको उत्तरोत्तर प्रगतीको कामना गर्नु भएको थियो । त्यस्तै नेपाली लोकजगतकी ढुकढुकी शुश्री जमुना सनमलाइ चार्लटन नेपाली समाजका अध्यक्ष श्री सुरज केशीज्युले खादा ओढाएर , हाम्रो अातीथ्यलाइ स्विकारेर आइदिनु भएकोमा धेरै धन्यवाद तथा समाजको चिनो उपहार प्रदान गर्नु भएको थियो । कार्यक्रम अबधिभर जमुना सनम ज्युले सकेसम्म मनोरन्जन गराउनु भएको थियो ।कार्यक्रम मा नया गीतहरुत स्वभाबिक रुपमै बजेका थिए भने ७० बसन्त पारगरी सक्नु भएका अामाहरु समेत खोली झर्यो गाइ, किन झरेको पानी खानलाइ भन्दै सनम संगै दोहोरी गाएको सुन्दा त्यहाको वाताबरण कती रमणीय थियो भन्ने सजीलै अनुमान गर्न सकिन्थ्यो । अत्यन्तै खराब मौसमको कारणले कार्यक्रममा सहभागी हुन नपाउने तर के भइरहेकोहोला भनेर थाहापाउन खोज्नेको लागी समाजका सचिव श्री रेशम अर्यालले सामाजीक सन्जाल मार्फत समय समयमा अपडेट गरीरहनु भएको थियो । कार्यक्रममा नेपालबाट पाल्नु भएका एकजना बुबा बिदेशमा आएर पनि यस्तो वाताबरण देख्न पाएकोमा अचानक स्टेजमा गइ तपाइहरु नेपाल बिर्सेर यहा बसेको नभइ सानो नेपाल निर्माण गरी बसेको भन्दै आफ्नो खुसी प्रकट गर्नुभयो । दिउसो २ बजे देखी दर खाने र नाच्ने कार्यक्रम रातको साढे ९ बजेसम्म चलेको थियो । श्री रेशम अर्याल - चार्लटन नेपाली समाज युकेले प्रतेक बर्ष गर्दै अाइरहेको समर बार्बिक्यु तथा बार्षिक भेटघाट कार्यक्रम चार्लटन मेरीडियन स्पोर्ट क्लवको खेल मैदानमा भब्यरुपमा सम्पन्न गरेको छ । अध्यक्ष श्री सुरज केशीको सभापतीत्वमा राष्ट्रियगान बाट कार्यक्रमको शुरु गरिएको थियो भने लर्न नेपाली प्रोग्राम मा अध्ययन विद्यार्थि तथा यसका स्वयंसेबक द्वारा विद्याकी देवी सरश्वतीमाताको वन्दना गरिएको थियो । औपचारिक कार्यक्रम समाजका सचिब श्री रेशम अर्यालले सन्चालन गर्नुभएको थियो भने सहभागीलाइ समाजका उपाध्यक्ष श्री टंक कडेलले मन्तब्यद्वारा हार्दिक स्वागत गर्नु भएको थियो । करिब ५०० जना सहभागी समारोहका बिच चार्लटन नेपाली समाज युकेको अती पवित्र अनि महत्वपुर्ण कार्य लर्न नेपाली प्रोग्राममा निश्वार्थ भावनाले आफ्नो अमुल्य समय दिएर कोअर्डिनेटरको भुमिका निर्बाह गर्नुहुने समाजका सल्लाहककार श्री फत्त थापा त्यस्तै शिक्षका श्रीमती बन्दना कटुवाल ,श्रीमती रेणु पान्डे ,श्रीमती मन्जु खरेल र शिक्षक श्री उदय लम्साल , श्री गोकुल भन्डारी तथा यसकार्यमा स्वयंसेबकको रुपमा कामगर्ने श्रीमती सोनिया थापा ,श्रीमती अनिता केशी ,श्रीमती सीता अर्याल र श्रीमती लक्ष्मी पान्डेलाइ समाजमा उहाहरुको उच्च स्थान रहने भन्दै अध्यक्ष द्वारा कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा लर्ननेपाली कार्यक्रममा आर्थिक सहयोग दाताहरुलाइ र बार्बिक्युमा १०० पाउन्ड नगद सहयोग गर्ने श्री बिनोद ज्ञवालीलाइ कदर पत्र दिइएको थियो ।समाजका सास्कृतिक सह सचिब तथा भलीबल गेम का संयोजक श्री कृष्ण गैरेको संयोजकत्वमा भलिबल टुर्नामेन्ट भएको थियो,जसमा प्रथम तथा द्वितीयलाइ नगद तथा मेडल अनी रेफ्रीलाइ उपहार तथा मेडल प्रदान गरिएको थियो । सहभागी सानानानीहरु अझैबढि रमाउदै खेलुन भन्ने मनसायले उनीहरुका रुचि अनुसारका सामान राखी १८० वटा गुड्डीब्याग वितरण गरिएको थियो ।केटा र केटी दुबैलाइ निसुल्क फेसपेन्टींहुदा बच्चाहरु रमाइरहेका देखिन्थे । सास्कृतिक कार्यक्रम श्रीमती मन्जु खरेलले सन्चालन गर्नु भएको थियो भने श्री बिवेक श्रेष्ठज्युले उहालाइ सहयोग गर्नु भएको थियो । नेपाली कक्षा पढ्ने तथा अन्य स्थानीय कलाकारले अत्यन्तै राम्रा नाचगान प्रस्तुत गरेका थिए । लोकप्रिय गायक श्री विबेक श्रेष्ठ ज्युले गाउदै गर्दा उपस्थित सबैले लयमा लय मिलाउदा पार्कनै गुन्जायमान भएको थियो । नेपालमा एउटा स्वच्छ छवि भएका राष्ट्रवादी सेवक श्री रमेश खरेल ज्यु जो बेलायतमा हुनुहुन्थ्यो ,उहाहाम्रो अातीथ्य स्विकार्दै कार्यक्रममा पाल्नुभयो ।उहाको उपसथितीलाइ सबैले गौरवको रुपमा लिए । यस कार्यक्रममा उपस्थित भइ २ शब्द बोल्न पाएकोमा खरेलले खुसी ब्यक्त गर्नु भयोभने समाजका अध्यक्ष सुरज केशी ज्युले खादा अोढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रमा श्री बिवेक श्रेष्ठज्युको सहयोगमा अोलम्पिकमा डान्स कोरियोग्राफ गरेकी सुनन्दालाइ निम्त्यायीएको थियो जसले हिपअप डान्सको वर्कसप गराएकी थिइन भने श्री विबेक श्रेष्ठले कानेखुसी वर्कसप गराउनु भएको थियो । समाजका उपाध्यक्ष श्री रोमनाथ पान्डेले सुपथ मुल्यमा मीठो खाना ख्वाउने समाजका सल्लाहकार श्री खड्क रेश्मी र श्री फत्त थापा,चार्लटनमा भलिबल गेमलाइ संयोजनको भुमिका निर्बाह गरी लोकप्रिय बनाउने श्री कृष्ण गैरे ,पसल ब्यबस्थापनमा सदश्य श्री राजु न्यौपाने ,श्री कृष्ण सापकोटा ,उपाध्यक्ष श्री टंक कडेल ,भलीबलगेममा कमेन्टेटर गरी गेमलाइ अती रोमान्चकारी बनाउने श्री फणिन्द्र भट्टराइ ,स्टेज ब्यबस्थापन गर्नूहुने श्रीमती अनीता केशी ,सास्कृतिक फाटमा सहयोग गर्नुहुने लोकप्रीय गायक श्री विबेक श्रेष्ठ , साष्कृतिक कार्यक्रम सन्चालीका श्रीमती मन्जु खरेल,राफलमा पुरस्कार प्रायोजन गर्नु हुने श्री सुजन कटुवाल, श्री मोती भन्डारी र श्री टंक कडेल ,टेन्ट ब्यबस्थापनमा श्री यादव भन्डारी ,बच्चाहरुको गुड्डी ब्याग प्रायोजन गर्नुहुने श्री दुर्गा पान्डे ,नगद सहयोग गर्ने श्री विनोद ज्ञवाली ,रेफ्रीको लागी पुरस्कार प्रायोजन गर्नुहुने श्रीमती मुना खरेल ,डान्स कोरियो ग्राफर सुनन्दा, कानेखुसी द्वारा कसैले बोलेको कुरा बिभिन्न ब्यक्ती हुदै अन्त्यमा अाइपुग्दा कस्तो रुप हुदोरहेछ भन्ने कुरा प्रयोग्त्मक गराउनुहुने श्री विबेक श्रेष्ठ ,राफल ब्यबस्थापनमा श्रीमती अनीता केशी र श्री सुजन कटुवाल तथा कदरपत्र छपाइमा सहयोग गर्ने श्री फत्त थापा र फ्रेम उपलब्ध गराइदिनुहुने श्री शुरज केशी ज्यु , म्युजिकमा सहयोग गर्ने श्री हेम बिष्ट भाग लिने कलाकार लगायत अन्य सहयोगी मित्रहरु साथै उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो । अन्त्यमा रमाइलो नाचगान राती अबेर सम्म चलेको थियो । सहभागी सबैलाइ धन्यबाद दिदै अागामी बर्षपनि यसै गरी मनाउने बाचा गर्दै सभा अध्यक्ष श्री सुरज केशी ज्युले कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भएको थियो । - रेशम अर्याल, लण्डन येही ४ मे २०१४ आइतबार साउथइस्ट लण्डन चार्ल्टन नेपाली समाज द्वारा संचालित नेपाली कक्षा संचालन भएको १ वर्ष पुगेको उपलक्ष्यमा एक कार्यक्रम गरि भब्यरूपमा हर्ष-उल्लाशकासाथ मनाइयो| कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गान, बिध्याकी देवी सरस्वती माताको स्तुति अनि तस्बिरमा फुलमाला अर्पण गर्दै सुरुगरिएको थियो भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै यस लर्न नेपाली प्रोग्रामले १ वसन्त पारगर्दै गर्दा सम्म हामीहरुले बच्चाहरुलाई के कति कुरा सिकायौ, के कति वर्कशप भए र बच्चाहरुको प्रगारती विवरण को वृतचित्र एस लर्न नेपाली प्रोग्रामका संयोजक तथा चार्ल्टन नेपाली समाजका सल्लाहकार श्री फत्त थापा ज्युले गर्नुभएको थियो| कार्यक्रममा नेपाली कक्षा पढ्दै गरिरहेकी सुश्री दीपा ओझा को नेपाली भाषा र संस्कृतिको हामीलाई नेपाली भएकाले जरुरि भएको बताएकी थिइन भने अर्का नेपाली कक्षा पढ्दै गरेका श्री सुभम अर्यालले श्री पशुपतिनाथ को वारेमा राम्रो जानकारी गरयेका थिए| त्यस्तै नेपाली कक्षा पढ्दै गरेका विजय पाण्डे ले नेपाली कक्षा पढ्न आउदा र सिक्न पाउदाको अनुभव बताइरहदा सवै अविभावकका आँखा हर्षले रसाइरहेका थिए| त्यस्तै अर्का वावु श्री अभिनव पाण्डे ले तिहारको वारेमा प्रथम दिन देखि अन्तिमदिन सम्म को छुट्टा छुट्टै दिनको महत्व र पुजाको वारेमा छर्लंग हुनेगरी बताएका थिए| कार्यक्रममा वर्षभरीमा सधै गृहकार्य गरेर ल्याउने सुश्री सरिना गैरे, कक्षामा असल व्यवाहार गर्ने श्री आर्यन अधिकारी अनि पढाइ-लेखाइमा राम्रो प्रगति गर्ने सुश्री रीतिका न्यौपानेलाइ पुरस्कार प्रदान गरिएको थियो| त्यस्तै हामि विदेशमा भएर आफ्ना नानीहरुलाई किन नेपाली सिकाउन आवश्यक छ? यस लर्न नेपाली प्रोग्राम को महत्व कति छ? यसले समाजमा कस्तो प्रभाव पारेकोछ? यस वारेमा प्रकाश पार्दै आफ्ना कविता संग्रह प्रकाशित गरिसक्नु भएका कवि र यस प्रोग्रामलाइ आफ्नो अमुल्य समय दिएर बच्चाहरुलाई पढाउनु हुने शिक्षक श्री गोकुल भण्डारी ज्यूले कविता समेत वाचन गर्नु भएकोथियो| यस लर्न नेपाली प्रोग्राममा स्वयं सेविकाका रुपमा पढाउने र कामगर्ने महिला दिदी-वहिनी हरुले नेपाली पोशाक लगाएर वाच्छाहरुको वर-पर घुमिरहेको देख्दा उहाहरुले बच्छाहरु लाई कति ममतामयी वातावारंमा पढाइरहनु भएकोछ भन्ने सहजै अनुमान गर्न सकिन्थियो भने अर्का शिक्षक श्री उदय लम्साल ज्यू बच्चाहरुले गरेकोप अनुपम प्रस्तुति देखेर निकै आनन्दित देखिनु हुन्थियो | कार्यक्रममा वार्षिक उत्सवको केक काटिएको थियो, जुन केक आफैले लर्न नेपाली प्रोग्रामको परिचय दिरहेकोथियो| हिमाल, पहाड, तराई, राष्ट्रिय झण्डा, स्कूले विद्यार्थी, क ख ग अल्फावेट, नेपालका राष्ट्रिय जनावार गाई, चरा डाँफे र यस्तै चर्लटन नेपाली समाजको लोगो अनि पशुपतिनाथ को मन्दिर को ढांचा सहितको यो मनमोहक केक देख्दा मात्रपनि हाम्रो नेपाल प्रतिको माया मनमै उम्लिएर आउथियो| यसैगरि बच्चाहरु सबैलाई गुडिब्याग वितरण गरिएको थियो| यस कार्यक्रमको संचालन चर्ल्टन नेपाली समाजका सचिव श्री रेशम अर्यालले गर्नुभएको थियो भने यस सभाको सभापतित्व समाजका अध्यक्ष श्री सुरज केसीले गर्नुभएको थियो| कार्यक्रममा चर्ल्टन तथा यसका वर-पर वस्ने नेपालीहरुको ठुलो संख्यामा उपस्थिति थियो| कार्यक्रममा सबैलाई रिफ़्रेश्मेण्टको व्यवस्था गरिएको थियो| कार्यक्रमको अन्त्यमा चर्ल्टन नेपाली समाजका अध्यक्ष श्री सुरज केसी ज्यूले यस नेपाली कक्षा संचालनमा कामगर्ने लर्न नेपाली प्रोग्राम टिम तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोग र समर्थन पाउने विश्वास ब्यक्तगर्दै सभा विसर्जन गर्नु भएको थियो| Resham Aryal, the secretary of Charlton Nepali Samaj UK wins the prestigious Civic Award for Royal Borough of Greenwich in Volunteer of the Year category. Volunteer of the Year award is given to an individual who has excelled in contributing to the community by giving freely of their time and demonstrated the value of volunteering in the borough. Resham Aryal was selected among hundreds of nominees from various communities and local organisations. He was given the award by the Worshipful Mayor and Deputy Mayor of Greenwich Borough at the Civic Award Ceremony at Woolwich Town Hall on Friday, 07 March 2014. We all at Charlton Nepali Samaj and the entire Nepali diaspora are proud of his achievement; this is one more step towards Nepalese community being recognised in the United Kingdom. Many Contratulations to Resham Aryal. साऊथइस्ट लन्डन मा अवस्थित श्रीपसुपतिनाथ मन्दीर मा त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले महाशिवरात्री पर्ब भब्यरुपमा मनाएका छन ।भक्तजनहरु बिहानै देखि उपवासबसि मन्दिरमा आउने जाने, शिवजीको पुजा अर्चना गर्ने गरीरहेकाथिए भने पन्डित श्री कमल लुइटेल ज्यु सन्ध्याकालीन तथा रात्रीकालीन आरती अनी शिवरात्रीको महीमा वाचनमै ब्यस्त हुनुहुन्थ्यो। शिव भजन दिउसैदेखि चलीरहेकोथीयो ।मन्दीरपरीसरमा शिवधुनी लगाइएकोथियो। यस पालीको शिवरात्रीमा साच्चीकै नेपालको कुनै शिवालयमा शिवरात्री मनाएकोजस्तो अनभव बताउने थुप्रै भक्तालु थिए । पुजा अर्चनामा संयोजकको भुमीका चार्लटननिबासी श्रीमती अनीता केसी ज्युले र भजन कृतन अनी भक्तजनको रेखदेख पलमइस्टिड निबासी श्री विनोद ज्ञवाली ज्युले गर्नुभएकोथियो ।मन्दिरमा पहीलो पटकजाने र मन्दीरको बारेमा जान्नचाहनेकोलागी मन्दीर कमिटीका सचीब श्री फत्तथापाज्यु निरन्तर जानकारी दिइरहनुभएको थियो भने कार्यक्रममा कुनै कमजोरीहुन नदिन तल्लीन देखीनु हुन्थ्यो। यस महानपर्वमा भक्तजनको लागी प्रसादको ब्यबस्था पलमइस्टिड निबासी सरीता पैडेल,जमुना न्यौपाने,अबेउड निबासी बीन्दु भन्डारी तथा चालटन निबासी बुनु अाचार्य,सीता अर्याल,अनीता केसी,रश्मी भन्डारी,ऋचा भट्टराइ,ज्ञानु पान्डे,वन्दना कटुवाल,रेखा सीटउला,वशु श्रेष्ठ,रेणु पान्डे र लक्ष्मी पान्डे द्वारा उपलब्द भएकोथियो । बिगतका बर्षमा भन्दा यसबर्ष अत्यधिक मात्रामा भक्तजनहरुको उपस्थिती देख्दा यस मन्दीरको लोकप्रियता र भगवान प्रतिको आस्था दिनानुदीन बढ्दै गइरहेको सहजै अनुमान गर्न सकिन्छ ।जय श्री पसुपतीनाथ । रेशम अर्याल, चार्ल्टन, लण्डन | यहि ९ नोवेम्बेर २०१३ का दिन चर्ल्टन पार्क अकाडेमिमा हिन्दु विध्यपिठ नेपाल तथा शान्ति शेवा आश्रमका प्रमुख, विश्वशान्ति दुत आध्यात्मिक तथा भौतिक ज्ञाता, ओक्सफोर्ड, क्याम्ब्रिज तथा हार्वर्ड विश्वविध्यालयका शैक्षिक सल्लाकार समेत रहनुभएका नेपाली दार्शनिक श्री चिन्तामणि योगी ज्यू द्वारा आजको युग अनुरुपको मानव मूल्यमा आधारित शिक्षाको वोर्क्शोप भव्यरुपले सम्पन्न भयेकोछा | चार्ल्टन नेपाली समाज र लर्न नेपाली प्रोग्राम संचालक समितिको अग्रतामा भएको यस कार्यक्रममा विभिन्न संघ-संस्थाका पधाधिकारीहरु तथा लर्न नेपाली प्रोग्रामका बालबालिका अनि उनका अभिभावकहरु को बाक्लो सहभागिता थियो | डा. चिन्तामणि योगी ज्युलाई साउथ इस्ट लण्डनमा ल्याउन र यो कार्यक्रम सम्पन्न गर्नमा समाजका सलाकार तथा लर्न नेपाली प्रोग्रामका कोर्डिनेटर श्री फत्त थापा, स्वयम् शेविका श्रीमती सोनिय थापा, श्रीमती अनिता केसी, श्रीमती सित अर्याल, श्रीमती रेणु पाण्डे, श्रीमती बन्दना कटुवाल, श्रीमती रश्मि भण्डारी, श्रीमती लक्ष्मी पाण्डे, श्रीमती वाशु श्रेष्ठको विशेष योगदान रहेकोथियो | नेपाल आमाको स्तुती राष्ट्रियगान बाट सुरु भएको कार्यक्रम दिप प्रज्वलन, समाजका अध्यक्ष श्री सुरज केसी द्वारा स्वगत मन्तब्य हुदै अगाडी बढेकोथियो | नेपाली भाषा पढ्ने बालबालिकालाई नेपाल, सगरमाथा, लुम्बिनी, र चार्ल्टन गरि चार समूहमा विभाजन गरि प्रतिश्पध्मक रुपमा सिकाउदै प्रथम समुहलाई पुरस्कृत गर्दै कार्यक्रम गर्दा ६-७ घण्टा लामो समय शिक्षा लिरहेका बालबालिकाहरु उत्तिकै उत्सुक देखिन्थे | कार्यक्रमा आयोजक श्री फत्त थापा ज्यू द्वारा संचालित थियो | विभिन्न चरणमा बाढेर संचालन भएको यस कार्यक्रममा चरणअनुसार छुट्टाछुट्टै वातावरणको श्रीजना हुन्थियो | कतिबेला लग्थियो हामि भगवानको भक्ति गर्दैथियौ त कतिबेला व्यायाम स्थलमा ब्यायाम गर्दै छौ | कतिवेला लाग्थियो कुनै ऋषि आश्रममा आधात्म ज्ञान श्रवण गरिरहेका छौ त कतिवेला वैज्ञानिक प्रयोगशालामा छौ | कतिवेला लाग्थियो हामि अफ्रिकाको खानलाई रोइरहेका वच्चाहरुलाई खान खुवाउदै छौ त कहिले बृदा आश्रमका बृदालाई तेस्तै कतिवेला राष्ट्र शेवामा एक जुट हुदैछौ त कतिवेला नेपाल आमाको रोदनलाई हाँसोमा बदल्न तत्पर छौ | वास्तवमा छोटो समयमा यति धेरै ज्ञान पाउन पाएकोमा उपस्थित सबैजना अत्यन्तै हर्षित देखिन्थे | को बच्चा, को बयस्क, को वृदा, कार्यक्रम अवधिभर अब गुरुजिबाट के सुन्न पाईन्छ भन्ने मात्र सबैको चासो थियो | ४ वर्ष देखि ८० वर्ष सम्मको सहभागिता रहेको यति लामो कार्यक्रममा यस्तो धैर्य धरणा देख्दा अचम्म लग्थेओ| स्वाभाविक रुपमै यो एउटा अविस्मरिनिय क्षण थियो | कार्यक्रममा खानाको पनि व्यवस्था भएकोले कसैलाई भोक-तिर्खाको पनि समस्या थिएन | खाना र जुसपानिको व्यवस्था पनि चार्ल्टनकै समजसेविहरुबाट उपलब्ध थियो | ओःम नामः शिवाय भन्दै गरिएको भजन मृदंगको ताल र मजुराको आवाज सुन्दा ८० वर्षीय वुबा पाराश्वर अर्याल जुरुक्क उठ्दै नाच्नु भएको थियो भने साना नानीहरु पनि रमाउदै नाचिरहेका थिए | यस्तो उपलब्धिमुलक कार्यक्रममा जीवनमै पहिलोपटक सरिक हुनपाएकोमा अति खुशिलागेको बताउनेहरुको भिड उत्तिकै थियो | हाम्रो समाजमा यस्तो प्रतिष्ठित व्यक्तिलाई निम्ताई यो कार्यक्रम गर्न पाएकोमा खुसि ब्यक्त गर्दै संयोजक श्री फत्त थापा ज्यूले सबैको तर्फबाट डा. चिन्तामणि योगी ज्यूलाई धन्यबाद ब्यापन गर्नु भयो | अन्त्यमा रमाइलो संदेसमुलक खेल खेल्दै टुंगिएको कार्यक्रमलाई स्वयम् सेविका श्रीमती सीता अर्यालले समापन गर्नुभएको थियो | यो कार्यक्रमले विदेशी जीवनलाई सफल र सम्रिद्दशाली बनौनमा टेवा पुराउने छ भन्नेमा कुनै दुइमत हुनसक्दैन| लण्डन / चाल्र्टन नेपाली समाज युकेले समाजको दोश्रो वाषिर्क भेटघाट तथा समर बिबिक्यु कार्यक्रम विशेष तामझामका साथ सम्पन्न गरेको छ । विशेषगरी बालबच्चाहरुलाई प्रोत्साहन दिन लक्षित कार्यक्रममा स-साना बालबच्चाहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । यसै वर्षदेखि नेपाली भाषा कक्षा समेत सञ्चालन गरेको समाजले उनीहरुलाई नेपाली भाषाप्रतिको आकर्षण जगाउन सम्मान समेत गर्यो । चाल्र्टनस्थित खुल्ला पार्कमा आइतबार सम्पन्न कार्यक्रममा स-साना बालबच्चाहरुको प्रस्तुति हेर्न लायक थियो । बेलायतमा जन्मिएर पनि नेपाली गीतमा नाच्न, गाउन र नेपाली परिवेशको चित्रण गर्न समेत उनीहरु सफल भए । कार्यक्रमपछि युरोपको नेपालीपत्रसँग कुरा गर्दै समाजका अध्यक्ष सुरज केसीले चाल्र्टनवासीहरुबीच भेटघाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । समाजले वर्षमा महिलाहरुका लागि तिज, बालबच्चाका लागि नेपाली भाषा कक्षा र सबैका लागि समर भेटघाट कार्यक्रम गर्ने उनले जानकारी दिए । गि्रनवीच क्षेत्रबाट नेपालीहरुको बाक्लो सहभागिताले कार्यक्रम सफल भएको उनको भनाइ थियो । त्यस्तै, समाजका सल्लाहकार एलएन पाण्डेले कार्यक्रम असाध्यै सौहार्द्धपूर्ण र रमाइलो वातावरणमा सम्पन्न भएको बताए । खानपिन, नाचगान र खेदकुद कार्यक्रमका थप आकर्षण भएको पाण्डेको कथन थियो । कार्यक्रममा नेपाली कक्षासम्बन्धी जानकारी गराउँदै सल्लाहकार फत्त थापाले नेपाली भाषा कक्षा सञ्चालनको एक सातामै अभिभावक र बालबच्चाहरुबाट राम्रो प्रतिक्रिया पाएको बताए । भाषा कक्षाबाट करिब चार दर्जन बालबालिकाहरु लाभान्वित भएको समेत उनले जानकारी दिए । सो अवसरमा भाषा कक्षा सञ्चालनमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । यसैबीच, कार्यक्रमका सहभागीहरुले भलिबल खेलको मज्जा समेत लिए । तीन वटा टीम सहभागी भएको सो प्रतियोगिताले कार्यक्रममा थप रौनकता थपेको थियो । Dr Kusum Vyas ji brought the ornate pots known as 'Green Kumbhs Kalash' to the first Nepali Temple(Pasupatinath Mandir) in UK at Swingate Lane, SE16 2DA, Plumstead on 2 June 2013 at 1200 hours as part of a unique and colourful pilgrimage symbolising their commitment to protecting the environment. Distinguished International Visiting Professor of Universitas Mahendradatta, Bali, Indonesia and founder of the Living Planet Foundation and Green Yatra Action Network (GYAN) Dr Vyas spoke on various programmes and projects launched at her initiative on climate change. After the initial presentation Dr Vyas then gave a presentation on her project to the gathered audience comprises of youths, ladies and gents of the Nepali Community in Plumstead. Dr Vyas said that the aim of GYAN is to establish the Green Kumbh Yatra as a powerful focal point around which people can demonstrate their commitment to save the environment and building a clean, healthy, diverse world for generations to come. We Hindus worship and love animals and nature so there is that connection in Hinduism, she said, adding that some of our animals are considered to be the incarnation of God. She also shed light on her recent visit to Kathmandu, India and Israel among others. The Bagmati cleaning campaign near Pashupatinath temple, Nepal carried out by the Gayatri Pariwar from India recently in Kathmandu are examples of such an initiative. Dr Vyas highlighted the importance of climate change in Hinduism and said such issues were part of everyday life in our religion. She also shed light on Ram Setu Bridge connecting between India and Sri Lanka constructed thousands of years ago during the time of Lord Ram and efforts made to preserve despite the Indian government's efforts to dismantle it. She has been an instrumental voice in bringing international attention to the plight of the ecologically fragile and religiously significant Ram Setu in the Gulf of Mannar. GYAN is said to have been 'nurtured to give roots and wings to a global initiative focused on the environmental, physical, social, cultural and economic revitalization of communities in the Hindu world.' Green Kumbh Yatra is "a pilgrimage to emphasize the profound connection between the collective wisdom and resources of the faith traditions and their role in conserving biodiversity.'' After the 12 year Kumbh Mela of Allahabad the Yatra has continued to other parts of India before travelling across continents and countries and ultimately arrives in South Korea for COP 12 in 2014. The Yatra had already been made to Nepal, Israel and Europe. A graduate of Nairobi and Texas A&M University Vyas was born in Nairobi and grew up in Kampala. GYAN is focused on religion-based environmentalism that the United Nations Development Program (UNDP) describes as "the world's largest civil society movement on climate change". Kusum has worked selflessly with several religious & civic leaders since 2004 to promote the Green Kumbh concept. She successfully launched the Green Kumbh Yatra in collaboration with United Nations Convention of Biodiversity (CBD) at COP11. Green Kumbh Yatra has no modern precedent. Kusum, who is a Hindu, believes that inside each of us lies a wealth of power to learn how to live on Earth in ways that honor the web of life and future generations. She has been an instrumental voice in bringing international attention to the plight of the ecologically fragile and religiously significant Ram Setu in the Gulf of Mannar. GYAN is focused on religion-based environmentalism that the United Nations Development Program (UNDP) describes as "the world's largest civil society movement on climate change." Dr Vyas and Surya Upadhya, chairman of Nepalese Hindu Forum and UK Co-ordinator of GYAN jointly handed over the Green Kumbh (Kalash) to Chairman of Pasupati Mandir, Mr Homnath Sharma and General Secretary Fatta Thapa. Earlier Mr Upadhya spoke on various activities of GYAN and introduced Dr Vyas in the promotion of Hinduism and preservation of climate change. Mandir Secretary Mr Thapa, welcoming Dr Vyas, shed light on the activities of the temple. A number of Nepali participants from different parts of the UK also attended the programme. She has attended programmes at Tirupati Balaji temple in Dudley, Sanatan Hindu temple in Wembley , Hindu Temples in Leicester and Manchester and at a programme organised by CODEC-UK a Wembley based Nepali organisation. Pasupatinath Mandir is the first Nepali Mandir in UK and the Nepali and Indian community in Rushmoor is jointly working on establishing a temple in Rushmoor. News Source: Suryaprasad Upadhya |
AuthorsResham Aryal Archives
January 2016
Categories |