चार्ल्टन नेपाली समाज युके को बिधान
प्रस्तावना:
परिच्छेद -१
नाम र प्रारम्भ
१.१- यस सस्थाको नाम "चार्ल्टन नेपाली समाज युके" यस पछी यस बिधानमा समाज भनिनेछ ।
अङ्ग्रेजीमा यस समाजलाई CNS UK भनिन्छ ।
१.२- यो बिधान समाजको साधारण सभाबाट पारित भएपछी तुरुन्त लागु हुनेछ ।
१.३- समाजको आफ्नै छुट्टै छाप्, प्रतिक चिन्ह, लेटर हेड, सदस्यता आवेदन फारम सदस्यता परिचयपत्र हुनेछ जुन समाजको साधारण सभा वा साधारण सभाले अधिकार प्रत्यायोजन गरी कार्यकारी समितिले बनाए बमोजिम हुनेछ ।
१.४ चार्ल्टन समाज भन्नाले साउथ इस्ट लण्डनको SE7मा बसोवास गर्ने नेपालीलाई बुझिने छ।
परिच्छेद -२
उदेश्य एबम कार्यहरु
२.१ संयुक्त अधिराज्य (बेलायत)को चार्ल्टनमा बसोवास गर्ने नेपाली तथा नेपाली मुलका नेपालीलाई एकताबध्द गर्ने एक आपसमा सहयोगी भावनाको विकास एबम नेपाली भाषा र सस्कृतिको प्रर्वधन गरी नेपालीहरुको हितमा योगदान पुर्याउनु समाजको मुख्य उदेश्य रहने छ । यी उदेश्य प्राप्त गर्नको लागि समाजले देहाय बमोजिमका कार्यहरु गर्ने छ ।
२.२ यस क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई समाजको सदस्यता दिने, बिधानमा ब्यवस्था भए बमोजिम बैठक भेला, साधारण सभा आयोजना गर्ने तथा कार्य समिती निर्बाचित गर्ने ।
२.३ यस क्षेत्रमा बसोवास गर्ने नेपाली-नेपाली तथा अन्य समुदायसँग सुमधुर सम्बन्धको विकास एबम सहयोग आदन प्रदान गर्ने ।
२.४ बेलायतमा स्थापित भई सन्चालनमा रहेका नेपाली संघसस्थाहरु सँग सम्मन्वय गर्दै चार्ल्टन नेपाली समाजको हितमा काम गर्ने छ ।
२.५ यसले स्थानिय तहमा शिक्षा, खेलकुद जस्ता सामाजिक र परोपकारी कार्यको सम्मन्वय गर्नेछ ।
परिच्छेद -३
सदस्यता
समाजमा आबद्द हुन इच्छुक यस क्ष्रेत्रमा बसोवास गर्ने नेपाली तथा नेपाली मुलका ब्यक्तिलाई समाजको साधारण सभा कार्यसमिती बैठकले तोकेको सदस्यताशुल्क लिइ समाजको सदस्यता प्रदान गर्न सकिने छ । सदस्यता अवधी आजीवन तथा एक कार्यकालको हुनेछ । चार्ल्टनको वरपर बस्ने र यस समाजमा आबध्द हुन चाहने व्यक्ती समाजको मानार्थ सदस्यता सदस्य शुल्क लिइ हुन पाउनेछ। मानार्थ सदस्य सल्लाहकार समेत हुन पाउनेछ ।
३.१ निम्न अवस्थामा सदस्यता समाप्ती हुनेछ ।
(क) सदस्यबाट दिएको राजीनामा कार्यसमिती बाट स्वीकृत भएमा,
(ख) १ कार्यकालसम्म सदस्यता नविकरण नगरेमा,
(ग) समाजको हित बिपरित काम गरेको भनी साधारण सभाले निर्णय गरेमा,
(घ) सदस्यको मृत भएमा, र
(ङ्) बसाइसराई भइ अन्त सरेमा मानार्थ सदस्य हुने छ ।
परिच्छेद -४
समाजको गठन्, काम्, कर्तव्य र अधिकार
यस समाजको बिधान र अन्य निर्णयहरुको पालना गर्नु र उदेश्य प्राप्तीको लागी समाजलाई सक्दो सहयोग गर्नु हरेक सदस्यहरुको उत्तरदायित्व हुनेछ । साधारण सभा समाजको प्रमुख निर्णायक अङ्ग हुनेछ, दुइ साधारण सभाको बीचमा साधारण सभाद्वारा निर्वाचित कार्यसमिती बिधान तथा साधारण सभाको निर्देशनमा समारोह नेतृत्व गर्ने छ ।
४.१ समाजको १५ सदस्यीय कार्यसमिती हुनेछ जसमा अन्य उपाध्यक्ष, सचिव्, सह-सचिव्, कोषाध्यक्ष र १० जना सदस्य रहने छन ।
४.२ समाजको कार्यसमितिको निर्वाचन सधारण सभाले गर्ने।
४.३ समाजलाई सल्लाह दिन कम्तिमा ७ समिती साधारण सभा निर्वाचित कार्यसमिती द्वारा बनाइनेछ । सल्लाहकारहरु कार्यसमितिको बैठकमा उपस्थित हुन सक्नेछन । पूर्व अध्धक्ष स्वत सल्लाहकारमा जानेछन ।
(क) अध्धक्षको काम, कर्तब्य र अधिकार
१. कार्यसमितिको बैठक तथा साधारण सभाको अध्यक्षता गर्ने,
२. कार्यसमितिको बैठक तथा साधारण सभा बोलाउन सचिवलाई अनुरोध गर्ने,
३. कार्यसमितिको साधारण सभाको निर्णय लागु गराउन नेतृत्व प्रधान गर्ने,
४. साधारण सभा र कार्यसमितिको बैठकमा मत बराबर भएमा निर्णायक मत दिने,
५. सचिव सँग सल्लाहगरी कार्यसमिती तथा साधारण सभाको लागी प्रस्ताव तथा प्रतिवेदन तयार पार्ने, र
६. समाजको चल अचल सम्पत्ती सुरक्षित राख्न्ने ।
(ख) उपाध्यक्ष काम, कर्तव्य र अधिकार
अध्यक्षलाई काम गर्न सहयोग गर्ने तथा अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने,अध्यक्षको परामर्सलाई मनन गरी सचिवसँग छलफलगरी कार्यनयन गर्ने ।
(ग) सचिवको काम, कर्तव्य र अधिकार्
१. अध्यक्षको परामर्समा बैठक बोलाउने,
२ साधारण सभा तथा बैठकको निर्णय हरु माइन्युट गर्ने, र
३ अध्यक्षको परामर्समा समाजको तर्फबाट गर्नु पर्ने पत्रचार गर्ने ।
(घ) सह-सचिवको काम,कर्तव्य र अधिकार्
सचिवलाई सहयोग पुर्याउने तथा सचिव उपस्थित हुन नसकेको बैठकमा सचिवको भूमिका निर्वाह गर्ने ।
(ङ) कोषादक्षहरु
१ समाजको आर्थीक योजना निर्माण गर्ने तथा लागु गराउने,
२ समाजको आयब्ययको हिसाब दुरुस्त राख्न्ने, र
३ साधारण सभा तथा बैठकमा समाजको आयब्ययको विवरण पेश गर्ने।
(च) सदस्यहरु
साधारण सभा तथा कार्यसमितिको बैठकले गरेको निर्णयहरु लागु गर्न गराउनु तथा समाजको उदेश्य प्राप्तिको लागी रचनात्मक काम गर्ने ।
कार्यसमितिको बैठक बोलाउदा कुनै सदस्यलाई बैठक बोलाउन आवश्यक ठानेमा कार्यसमितिको बहुमतको आधारमा बैठक बोलाउन सक्नेछ ।
परिच्छेद - ५
१- बैठक तथा सभाहरु
समाजको कार्यसमितिको बैठक आवश्यकता अनुसार अध्यक्ष र सचिवको सल्लाहमा बस्नेछ, बैठकको लागी सचिवले बैठकमा छलफलहुने प्रस्ताव्, बैठक हुने स्थान, मिति तथा समय खुलाई कम्तिमा १५ दिन अगाडी पत्राचार गर्नुपर्ने छ।
२- साधारण सभा
(क) साधारण सभामा सम्पूर्ण सदस्य उपस्थित हुनेछन,
(ख) साधारण सभामा ५१% सदस्यको उपस्थितिलाई गणपुरक सन्ख्या भनिनेछ, र
(ग) समाजको सबै प्रकारको अधिकारको मुल श्रोत तथा उत्तरदायित्वहरुको जिम्मेवार अङग साधारण सभा हुनेछ। साधारण सभाले आवश्यक परेका समाजको कार्यसमिती लगायत सम्पूर्ण समिती उपसमितिका पदाधिकारी तथा सङ्घको तर्फबाट कुनै ब्यक्तिले गरेको निर्णयको समर्थन अनुमोदन आम्सिक वा पूर्ण रूप सम्सोधन वा खारेज गर्न सक्नेछ ।
३- साधारण सभाको आयोजना
(क) प्रत्यक बर्ष समितिले निर्धारण गरेको मिति र समयमा साधारण सभाको बार्षिक बैठक बस्नेछ,
(ख) साधारण सभा बोलाउदा कम्तिमा १५ दिन पहिला बैठक बस्ने स्थान, मिति, समय र छलफलको बिषय कार्यसुची सहित अध्यक्षको परामर्समा सचिवले सबै सदस्यहरुलाई बिध्धुतिय माध्यमद्वारा खबर गर्नुपर्ने छ,
(ग) साधारण सभाको बैठकको लागी ५१% सदस्यहरुको उपस्थिती भएको गुणपुरक सन्ख्या पुगेको मनिनेछ,
(घ) ५१% सदस्य उपस्थित हुन नसकी साधारण सभा स्थगित भएमा ७ दिनको सुचना दिइ अर्को बैठक बोलाउन सक्ने छ, र
(ङ) परिच्छेद ५ को दफा २ को उप-दफा (घ) अनुसार बोलाएको साधारण सभामा समेत गुणपुरक सन्ख्या नपुगे उपस्थित सन्ख्यालाई नै गुणपुरक मानी साधारण सभाको बैठक बस्न सक्नेछ ।
४- साधारण सभाको काम्, कर्तव्य र अधिकार्
(क) आगमी कार्यकालको लागी समाजको योजना तथा कार्यक्रम बनाउने,
(ख) कार्यसमितिको प्रतिवेदन र बार्षिक आयब्ययको हिसाब माथि छलफल गरी निर्णरी गर्ने,
(ग) आगामी कार्यकालको लागी समाजको नेतृत्व चयन गर्ने,
(घ) बिधान सम्सोधन तथा आवश्यक पर्ने नियम बनाउने अनुमेदन गर्ने तथा त्यसलाई लागु गराउने, र
(ङ) हरेक दोश्रो बर्ष हुने साधारण सभाले अर्को २ बर्षको लागी कार्यसमितिको निर्वाचन गर्नेछ ।
५- बिशेष साधारण सभा
(क) साधारण सदस्यहरुको तत्काल कायम रहेको सदस्यहरुको ५१% सदस्यहरुले साधारणसभा बोलाउन कार्यसमितिलाई बिध्धुतिय अनुरोध गरेमा कार्य समितिले निवेदन प्राप्त भएको १५ दिन भित्र कम्तिमा १५ दिनको समयअवधी राखी बिशेष साधारणसभा बोलाउनु पर्नेछ ।
(ख) कुनै बिशेष कारणगरी कार्यसमिती आफैले बिषेष साधारण सभा बोलाउने निर्णय गरेमा सो निर्णय भएको ७ दिन भित्र कम्तिमा १५ दिनको समयअवधी राखी बिशेष साधारण सभा बोलाउन सक्ने छ ।
(ग) बिशेष साधारण सभा बोलाउने समय र स्थान कार्य समितिले तोके बमोजिम हुनेछ ।
६- साधारण सभामा हुने प्रस्ताव र कार्य बिधि
आवश्यक अनुसार बहुमत सदस्यद्वारा साधारण सभाले बिधान सम्सोधन गर्न सकिनेछ ।
समाप्त

- साधारण सभामा प्रस्तुत गरिने कार्यसुची कार्यसमिती
ले निर्णय गर्नेछ ।
(ख) सभामा छलफलको लागी कुनै साधारण सदस्यले प्रस्ताव राख्न्न चाहेमा निजले अरु २ जना सदस्यहरुको समर्थन साथ आफ्नो प्रस्ताव र त्यसको लागी आवरण विवरण कार्य समितिमा पेश गर्नु पर्ने छ ।
(ग) उक्त प्रस्तावलाई सभाको बैठकमा प्रस्तुत गर्ने वा नगर्ने निर्णय कार्य समितिमा रहने छ ।
(घ) बिशेष साधारण सभाको लागी बिशेष साधारण सभा बोलाउन माग गर्ने सदस्यहरुको बिषय वा कार्य समितिले बिशेष साधारण सभा बोलाउने निर्णय गरेको अवस्थामा कार्यसमितिले नै बिषयवस्तु निर्धारण गर्नेछ ।
७ सभाको अध्यक्षता
कार्य समितिको अध्यक्षले सभाको अध्यक्षता गर्नेछ, अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ ।
८ सभाको निर्णय
यस बिधानमा अन्यथा व्यवस्था भएको बाहेक सभामा प्रस्तुत प्रस्ताव माथी छलफलभई जम्मा उपस्थित साधारण सदस्य सन्ख्याको बहुमतले प्रस्तावको पक्षमा मत दिएमा प्रस्ताव पारित भएको मनिने छ । पछी मत वरावरि भएमा अध्यक्षको मतलाई निर्णायक मत मानिने छ ।
९- सभाको अभिलेख्
(क) सबै प्रकारको सभामा उपस्थित सदस्यहरुको नाम, पेशा भएको पारित प्रस्ताव वा निर्णयहरुको अभिलेख राख्न्नु पर्ने छ,
(ख) सभाले पारित गरेका निर्णयहरु माइन्युट बूकमा राख्न्नु पर्नेछ, र
(ग) सभाको निर्णयहरुको माइन्युट बूक सुरक्षित र ति निर्णयहरुको आवश्यकता अनुसार उपलब्ध गराउने काम सचिवको हुनेछ ।
१०- कार्यसमितिको अवधी र चुनावी प्रकृया
(क) कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ,
(ख) एउटा व्यक्तिले बढीमा २ कार्यकाल मात्र अध्यक्ष बन्न सक्नेछ,
(ग) निवर्तमान अध्यक्ष स्व्तह नयाँ कार्यसमितिमा सल्लाहकार रहनेछ,
(घ) कार्य समितिले कार्यकाल पुरागरी २ बर्ष भित्र निर्वाचन समिती बनाई निर्वाचन प्रकृयाद्वारा नयाँ कार्यसमिती गठन गरिनेछ आवश्यकता अनुसार ३ महिना अगाडी वा ३ महिना पछी गराउन सकिनेछ,
(ङ) अध्यक्षपदमा उमेद्वारको लागी कम्तिमा कार्यसमिती वा सल्लाहकार भई एक कार्यकाल बसिसकेको हुनुपर्नेछ,
(च) मानार्थ सदस्य वा सल्लाहकार कार्यसमितिमा बस्न पाइने छैन, र
(छ) कार्यसमितिले तोकेको समयमा अर्को कार्यसमिती चयन गर्न नसकेमा साधारण समितिलाई नयाँ कार्यसमिती चयन गर्न सकिनेछ ।